You are viewing the translated version of कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार.
Section 14
कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) विश्वविद्यालय परिषद्को निर्णय र निर्देशनहरू कार्यान्वयन गर्ने, गराउने,
(ख) विश्वविद्यालयको वार्षिक बजेट र कार्यक्रम, प्रगति विवरण, लेखापरीक्षण प्रतिवेदन र अन्य प्रस्तावहरू तयार गरी स्वीकृतिको लागि विश्वविधालय परिषद्मा पेश गर्ने,
(ग) विश्वविद्यालयको कोष तथा चल, अचल सम्पत्तिको सञ्चालन, रेखदेख र संरक्षण गर्ने,
(घ) विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने स्कूल, कलेज, अनुसन्धान केन्द्र, उत्पादन केन्द्रको स्थापना र शिक्षण अस्पतालको सञ्चालन तथा नयाँ कार्यक्रम सञ्चालन गर्न विश्वविद्यालय परिषद्मा प्रस्ताव पेश गर्ने,
(ङ) विश्वविद्यालयको लागि आवश्यक शिक्षक तथा कर्मचारीहरूको नियुक्ति र बढुवा गर्ने,
(च) वि्यार्थी शुल्क निर्धारण गर्ने,
(छ) आवश्यकता अनुसार विभिन्न समिति, उपसमिति वा कार्यदल गठन गर्ने,
(ज) विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक तथा चिकित्सा सेवाको गुणस्तर सुनिश्चित गर्ने, गराउने,
(झ) विश्वविद्यालयलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यकता अनुसार प्रदेश सरकार, स्थानीय तह, सहकारी तथा निजी क्षेत्रबीच समन्वय गर्ने, र (ज) कार्यकारी परिषद्लाई तोकिएका अन्य कार्य गर्ने वा गराउने ।